चितवन । बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडा र सुन्दर नगरी चितवनलाई प्राथमिकता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७८ र ७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडा र बागमतीकै प्रमुख जिल्ला चितवनलाई लक्ष्य गरी विभिन्न विकास निमार्णका आयोजना प्राथमिकतामा परेका छन् ।
प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारले पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने योजना रहेको जनाएको छ । यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोड्ने चित्लाङ–काठमाडौँ सुरुङमार्गको योजनासमेत बजेटमा समावेश भएको छ ।
सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट प्रस्तुतअनुसार आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र पूरा गर्ने जनाएको छ । यसैगरी काठमाडौँको बालाजुमा रहेको विभिन्न उद्योग प्रतिष्ठान स्थानान्तरण गरी मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने उल्लेख गरिएको छ ।
यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोडने चित्लाङ–काठमाडौँ सुरुङमार्गको निर्माण शुरुआत आगामी आर्थिक वर्षबाट हुने भएको छ । आव २०७८ र ७९ को प्रस्तुत बजेट अनुसार यो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिएको हो ।
यसैबीच मकवानपुरको विकासको मेरुदण्ड बनेको मदन भण्डारी राजमार्गअन्तर्गत चतरा–हेटौँडा सडकखण्डको बाँकी काम आगामी वर्ष सम्पन्न हुने भएको छ । यस सडकका लागि सरकारले आवश्यक बजेट छुट्याएको छ । प्रस्तुत बजेटअनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत मकवानपुरको चित्लाङमा निर्माणाधीन इञ्जीनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।
यसैगरी बजेटमा हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जनाएको हो ।
चितवनको माडी अयोध्याधाममा राम मन्दिर निर्माणको लागि पर्याप्त बजेट उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । यस्तै, त्रिवेणीदेखि दासढुंगासम्म जलमार्गको लागि बजेट विनियोजन गरिएको छ । भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको लागि बजेट विनियोजन भएको छ । रत्ननगरमा तरकारी थोक बजारको लागि बजेट विनियोजन गरिएको छ ।
नारायणी पुललाई आकर्षक डिजाइनमा रुपान्तरण, नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि टर्मिनल, चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनलगायतका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट