राप्रपाले भर्चुअल माध्यमबाट पार्टी स्थापना दिवस मनायो

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १५ : ००
राप्रपाले भर्चुअल माध्यमबाट पार्टी स्थापना दिवस मनायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरि आज मनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाले संचालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो  राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार ब्यक्त गरे ।

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा संचालित कार्यक्रममा बोल्दै राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिबङ्गत नेताहरुप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । अर्का अध्यक्ष  डाक्टर प्रकाशचन्द्र लोहनिले बिगतका कमि कमजोरी , सफलता असफलताको समिक्षा गर्दै पार्टीलाई गन्तव्य तर्फ अगाडि बढाउनु पर्ने चर्चा गर्दै काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको बताए ।

मुलुकलाई सहि दिशा दिनको निमित्त राप्रपा बलियो हुनुपर्छ (लोहनिले भने । कार्यक्रममा जनबर्गिए संगठनको तर्फबाट महिला संगठनकि अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश (१ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरुको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर यादव र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु , सचिवालय कार्य ब्यबस्था समिती, सचिवालय सदस्यहरु, जनबर्गिय संगठनका प्रमुखहरु ,जिल्ला अध्यक्षहरु लगायतको सहभागिता रहेको र स्थापना दिबसको अबसरमा शुभकामना आदान प्रदान सहित पार्टीलाई शसक्त रुपमा अघि बढाउने  प्रतिबद्धता ब्यक्त गरिएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।