सिरहा । सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ ।
झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए ।
दुवैजना मदिरा सेवानगरी बिहीबार राती झगडा हुँदा श्रीमानले कुटपिटगरी घरको भित्तामा हुत्याउँदा टाउकोमा चोट लागेको थियो । टाउकोको चोटकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शप पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताकि २छोरि हरेको स्थानीय रबि सदाले बताएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु