सिरहा । सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ ।
झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए ।
दुवैजना मदिरा सेवानगरी बिहीबार राती झगडा हुँदा श्रीमानले कुटपिटगरी घरको भित्तामा हुत्याउँदा टाउकोमा चोट लागेको थियो । टाउकोको चोटकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शप पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताकि २छोरि हरेको स्थानीय रबि सदाले बताएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु