काठमाडौँ । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ ।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यसैबीच उक्त उपनिर्वाचनका सन्दर्भमा आज राति १२ः०० बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन र प्रसारण गर्न नहुनेतर्फ हेक्का राख्न आयोगले सबैसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ जेठ २०७८, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि