स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेको अपराध निन्दनिय छ,  कुनै पनि हालतमा उन्मुक्ति नदिइयोस् : गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १३ : १२
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेको अपराध निन्दनिय छ,  कुनै पनि हालतमा उन्मुक्ति नदिइयोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि आक्रमण गर्नेहरूको अपराध निन्दनीय रहेको बताएका छन् । 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण गर्नु निन्दनिय भएको बताएका हुन् । 

उनले भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्नेलाई कुनै पनि वहानामा उन्मुक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् । 

‘कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार ! यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ। प्रधानमन्त्रीज्यू ,भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस