बेलायतले दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, ११ : ४४
बेलायतले दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ ।बेलायतले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

एक विशेष कार्गो विमानमार्फत ती स्वास्थ्य सामग्री ल्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत अपलोड गरेकी छन् । भिडियोमा बोल्दै उनले महामारीको यो कठिन घडीमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।

उनका अनुसार बेलायतले दिएको २६० वटा भेन्टिलेटर र त्यसका लागि आवश्यक पर्ने अन्य उपकरण, सामग्री, मास्क, फेस शिल्ड लगायत सामग्री काठमाडौँ आइपुगेका हुन् । सहयोगगका लागि नेपालले अनुरोध गरेपछि बेलायत सरकारले अनुदानमा ती सामग्री दिएको हो ।


 

 

प्रतिक्रिया दिनुहोस