‘बान’ का अध्यक्ष न्यौपानेको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, ११ : ००
‘बान’ का अध्यक्ष न्यौपानेको कोरोना संक्रमणबाट मृत्यु

मोरङ । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष  चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ ।  ५० वर्षको उमेरमा उनको मृत्यु भएको हो । 

वैशाख २८ गते भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालका कोभिड इन्चार्ज डा. सुनील देवले बताए ।

सुनसरीको इटहरी उपमहानगर–४ घर भएका न्यौपाने नेपाल विज्ञापन बोर्डका सदस्यका साथै सप्तकोसी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर थिए । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस