कारोना अपडेड : पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि , ७ हजार २ सय २६ जना निको भए

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १६ : २२
कारोना अपडेड :  पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि , ७ हजार २ सय २६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस