नाइजेरियामा डुंगा दुर्घटना, १ सय ३० भन्दा धेरै बेपत्ता

एजेन्सी

विहीबार, १३ जेठ २०७८, १२ : ०८
नाइजेरियामा डुंगा दुर्घटना, १ सय ३० भन्दा धेरै बेपत्ता

नाइजेरिया । नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । 

हावाहुरीका  कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँडेको डुंगा दुर्घटनामा परेको हो । 

झन्डै १ सय ६० जना यात्रुहरु यस डुंगामा सवार रहेको र त्यसमध्ये १ जना मृत तथा २२ जनाको जीवितै उद्धार भएको स्थानीय अधिकारी अब्दूल्लाही बुहारी वाराले बताए । 

वाराकाअनुसार काठको यस डुंगामा मानिससँगै १ सय ६० बोरा बालुवासहितका सामानहरु पनि थियो । यो डुंगा पानीमा अर्को वस्तुसँग ठोक्किएपछि दुर्घटनामा परेको अनुमान अधिकारीहरुले गरेका छन् । 

यसअघि गत सेप्टेम्बरमा पनि किब्बीमा यस्तै दुर्घटना भएको थियो ।  त्यतिबेला ८ जनाले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस