सल्यान । कोरोनाबाट सल्यानमा बुधबार राति थप चार जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।
कोरोनाबाट शारदा नगरपालिका–५ का ५१ वर्षीय, वडा नं १५ का ७७ वर्षीय, बाग्चौर नगरपालिका–९ का ६२ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाउँपालिकाकी ६१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज डा. भीमकान्त जैसीले बताए ।
चारमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई रिफर गर्दा पनि विभिन्न कारणले जान नमानेपछि अस्पतालमै मृत्यु भएको उनले जानकारी दिए ।
जैसीका अनुसार तीन जना केही दिनअघिदेखि नै जिल्ला अस्पतालमा उपचार गराइरहेका थिए भने रोल्पाकी महिलालाई बुधबार बेलुकी मात्र आफन्तले ल्याएका थिए । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ जेठ २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु