बाँके र रूपन्देहीमा गरी थप १७ जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १० : ०२
बाँके र रूपन्देहीमा गरी थप १७ जना संक्रमितको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणबाट बाँके र रूपन्देहीमा गरी थप १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बाँकेमा पछिल्लो १५ घण्टामा १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृतकहरू बाँके, बर्दिया र दाङका छन् । कोहलपुर नगरपालिका–१० का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

खजुरा गाउँपालिका–४ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर परीक्षण गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । बैजनाथ गाउँपालिका–४ की ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ५ गते पीसीआर परीक्षण गरिएकी उनलाई ९ गते भर्ना गरिएको थियो ।

कोहलपुरका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर जाँच गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१८ की ८५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर परीक्षण गरिएकी उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ की ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख ३० गते पीसीआर परीक्षण गरिएकी उनलाई २१ गते भर्ना गरिएको थियो । बर्दिया, बाँसगढी नगरपालिका–३ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई जेठ ५ गते भर्ना गरिएको थियो ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई जेठ २ गते भर्ना गरिएको थियो। दाङको घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका– ८ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

त्यस्तै रूपन्देहीमा थप सात संक्रमितको मृत्यु भएको छ । बुटवलमा दुई र भैरहवामा उपचाररत पाँच जनाले ज्यान गुमाएका हुन् । बुटवलमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थिए । अस्पतालका सूचना अधिकारी डा= विष्णु गौतमका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का ६५ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा समस्या थियो ।

यस्तै, सोमबार साँझ ७ बजेर ५० मिनेटमा कपिलवस्तु नगरपालिका–७ का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ मा भर्ना भएका उनी आकस्मिक कक्ष हुँदै फिबर क्लिनिकमा उपचाररत थिए । अस्पतालका अनुसार उनमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । भैरहवामा मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । उनीहरू भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत थिए ।

भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय, सिद्धार्थनगर–२ का ७८ वर्षीय, रोहिणी गाउँपालिका–५ का ५० वर्षीय र कपिलवस्तु नगरपालिका–१ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट–१० की ५६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रशासन संयोजक तेज केसीले बताए ।

प्रतिक्रिया दिनुहोस