प्रधानमन्त्रीले मध्यरातमा प्रधान न्यायाधीशलाई निवास बोलाउनु, भेटघाट गर्नु लोकतन्त्रको लागि शुभ संकेत होइन् : डा. भट्टराई

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ०८ : ५३
प्रधानमन्त्रीले मध्यरातमा प्रधान न्यायाधीशलाई निवास बोलाउनु, भेटघाट गर्नु लोकतन्त्रको लागि शुभ संकेत होइन् : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधान न्यायाधीशलाई मध्यरात निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार, हल्ला लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक संजालमा ट्‍वीट गर्दै भट्टराईले खिलराज रेग्मी प्रकरण नियम नजीर बन्‍न नसक्‍ने समेत औंल्याएका छन् । ‘राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान लोकतन्त्र मास्ने खेल पूरा नहोस्’–उनले भनेका छन् ।  

खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएकाले त्यो नियम नजीर बन्‍न नसक्‍ने उनले धारणा व्यक्त गरेका छन् । विगतमा कयौं पटक प्रधानमन्त्री ओलीले प्रधानन्यायधिसहरुलाई मध्यरातमा बोलाएर छलफल गर्ने, भेटघाट गर्ने लगायतका क्रियाकलाप स्मरण गर्दै उनले यसलाई लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

उनले ट्वीटमा यस्तो लेखेका छन्  ः ‘प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचाररहल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन्ु भट्टराईले ट्‍वीट गरेका छन् ुखिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियमरनजीर बन्‍न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधानरलोकतन्त्र मास्ने खेल पूरा नहोस् १ु

प्रतिक्रिया दिनुहोस