काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।
‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् ।
अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले फिर्ता लिन माग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम अध्यादेश जारी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक