काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले स्पष्टीकरण सोधिएका १४ प्रदेशसभा सदस्यको जवाफ चित्तबुझ्दो नभए वा स्पष्टीकरण नबुझाएमा कारबाही गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिने निर्णय गरेको छ ।
बोर्डको आजको बैठकले स्पष्टीकरण नसोधिएका संसदीय दलका अन्य सदस्यले समेत अनुशासनविपरीत कार्य गरेको पाइएमा त्यस्ता सदस्यलाई कारवाही गर्ने अधिकार बोर्डका अध्यक्ष तथा मुख्यमन्त्री पौडेललाई दिएको छ ।
बैठकले यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उमेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ जेठ २०७८, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)