काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘हाम्रो संसदीय दलले यसमाथि अझै पनि संघर्ष गर्नुपर्छ । हाम्रो नेतृत्वले कानुनीदेखि लिएर हरेक लडाइ लड्नुपर्छ । देश र संविधानलाई जोगाउने काममा अग्रसर हुनुपर्छ ।’ राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाइको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको भनाइ छ ।
‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा विपक्षी पार्टीको पनि नेता हो’,पौडेलले भने–‘हिजो पनि उहाँकै नेतृत्वमा सरकार बनाउने भनेर दाबी पेस गरिएको थियो । अब उहाँले कानुनी र राजनीतिक लडाइको नेतृत्व गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति