काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् ।
शुक्रबार साँझ सामाजिक संजालमा ट्वीट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् ।
'१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै'म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले'विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको'भन्दै आव्हान गर्ने।अब फेरी जालझेल!
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम' थापाको ट्वीटमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा