काठमाडौँ । १४९ सांसदको हस्ताक्षरसहित सरकारको दावी गर्न पुगेको विपक्षी गठबन्धनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पनि दावी रहेको हुनाले कानुन हेर्ने बताएकी छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित शितल निवास पुगेका विपक्षी गठबन्धनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन हेरी परामर्शका साथ अघि बढ्ने बताइन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने राष्ट्रपतिबाट कुरो आएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?