काठमाडौँ । १४९ सांसदको हस्ताक्षरसहित सरकारको दावी गर्न पुगेको विपक्षी गठबन्धनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पनि दावी रहेको हुनाले कानुन हेर्ने बताएकी छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित शितल निवास पुगेका विपक्षी गठबन्धनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन हेरी परामर्शका साथ अघि बढ्ने बताइन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने राष्ट्रपतिबाट कुरो आएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस