काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । उपप्रधानमन्त्री पोखरेलले यसअघिदेखि नै गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका थिए ।
सर्वोच्च अदालतले गैरसांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि विहीबारदेखि नै बादलसहित पूर्वमाओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । विहीबारै भएको राष्ट्रियसभाको उपचुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, विहीबारै भएको राष्ट्रियसभाको उपचुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।
पूर्वमाओवादीका बरिष्ठ नेता रहेका बादल गृहमन्त्री पद जोगाउनकै लागि माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।
बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविकरुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमालेजनका लागि खाली भएका छन् । सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरु एकैचोटि खाली भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव