काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । उपप्रधानमन्त्री पोखरेलले यसअघिदेखि नै गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका थिए ।
सर्वोच्च अदालतले गैरसांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि विहीबारदेखि नै बादलसहित पूर्वमाओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । विहीबारै भएको राष्ट्रियसभाको उपचुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, विहीबारै भएको राष्ट्रियसभाको उपचुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।
पूर्वमाओवादीका बरिष्ठ नेता रहेका बादल गृहमन्त्री पद जोगाउनकै लागि माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।
बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविकरुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमालेजनका लागि खाली भएका छन् । सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरु एकैचोटि खाली भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल
‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौँ’: गृहमन्त्री
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन
जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी