काठमाडौंं । हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।
निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०६ जेठ २०७८, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ