काठमाडौंं । हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।
निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०६ जेठ २०७८, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ