भारतको पटनामा भेटिए ह्वाइट फंगसका बिरामी

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १३ : ०५
भारतको पटनामा भेटिए ह्वाइट फंगसका बिरामी

काठमाडौं । अहिलेसम्म ब्ल्याक फंगसँग जुधिरहेको पटनामा ह्वाइट फंगसका बिरामी भेटिएका छन् । ब्ल्याक फंगसभन्दा धेरै घातक मानिने यस रोगका चार बिरामी पछिल्ला केही दिनमा भेटिएका छन् ।फोक्सोको संक्रमणको मुख्य कारण ह्वाइट फंगस (क्यान्डिडोसिस) हो । फोक्सोबाहेक छाला, नङ, मुहको भित्री भाग, आमाशय, किड्नी, गुप्ताङ्ग र मस्तिष्कमा पनि यसले संक्रमित गर्छ । 

पटना मेडिकल कलेज एन्ड हस्पिटलमा माइक्रोबायोलोजि विभागका प्रमुख डाक्टर एसएन सिंहका अनुसार अहिलेसम्म यस्ता चारजना बिरामी भेटिएका छन्, जसलाई कोभिड १९ जस्तै लक्षण थियो । तर, उनीहरु कोरोना नभएर ह्वाइट फंगसबाट संक्रमित थिए । कोरोनाका तीनवटै परीक्षण यापिड एन्टिजन र आरटी–पिसिआर गर्दा उनीहरुमा नेगेटिभ नतिजा आएको थियो । 

परीक्षण पछि एन्टी फंगल औषधीले मात्रै अवस्था ठिक भयो । यसमा पटनाका एक चर्चित सर्जन पनि थिए, जसलाई एउटा ठूलो निजी अस्प्तालमा कोरोना वार्डमा भर्ती गरिएको थियो । जाँचबाट थाहा भयो कि उनी ह्वाइट फंगसबाट पीडित छन् । एन्टी फंगल औषधी प्रयोग गरेपछि उनको अक्स्जिन लेभल ९५ पुग्यो । 

कोरोना हो कि ह्वाइट फंगस, छुट्टयाउनै मुस्किल 

ह्वाइट फंगसले फोक्सोमा संक्रमण गरेपछि कोरोनाको जस्तै लक्षण देखिन्छ । जसकारण के भएको हो भनेर छुट्ट्याउन मुस्किल हुन्छ । यद्यपी, कोरोना नभएका बिरामीमा यापिड एन्टिजन र आरटी–पिसिआर परीक्षण नेगेटिभ हुन्छ । एचआरसिटीमा कोरोना जस्तै लक्षण (धब्बा) देखिएपछि र्यापिड एन्टिबडी परीक्षण र फंगसका लागि बलगमको कल्चर गराउनुपर्छ ।अक्सिजनको सपोर्टमा रहेका कोरोना बिरामीको फोक्सोमा यसले संक्रमण गर्नसक्छ । 

प्रतिरोधक क्षमताको कमी
ह्वाइट फंगसर ब्ल्याक फंगसको कारण एउटै छ, प्रतिरोधक क्षमताको कमी । डायबिटिज, एन्टिबायोटिक वा स्टेरोइको सेवन गरेका व्यक्ति, क्यान्सरको औषधी लिइरहेका व्यक्ति यस्तो संक्रमणको जोखिममा हुन्छन् ।

नवजात पनि संक्रमित 
नवजातमा यो समस्या डाइपर क्यान्डिडोसिसका रुपमा हुन्छ । जहाँ, क्रिम कलरको सफेद धब्बा देखिन्छ । साना बच्चामा यसले ओरल थ्रस्ट गर्छ । महिलाहरुमा यो संक्रमण ल्यूकोरियाको मुख्य कारण हो ।
 

प्रतिक्रिया दिनुहोस