गतिशील लोकतान्त्रिक पार्टीले पायो निर्वाचन आयोगबाट मान्यता

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०८२, १५ : ५६
गतिशील लोकतान्त्रिक पार्टीले पायो निर्वाचन आयोगबाट मान्यता

काठमाडौँ । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईँसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगमा दिएको निवेदनमा पार्टीको अध्यक्षमा प्रसाईँलाई राखिएको छ भने पार्टीको महासचिव पीयूषप्रसाद कायस्थ रहेका छन् ।

व्यवसायी बस्नेत भने सदस्य छन् । पार्टीका नेताहरूले सोमबार आयोगमा पुगेर प्रमाणपत्र लिएका छन् । प्रमाणपत्र लिएपछि बुद्ध एयरका मालिक बस्नेतले आफूहरू राजनीतिमा सेवा गर्न आएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस