काठमाडौं । आचारसंहिता उल्लंघन गर्दै राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्दै वक्तव्य जारी गरेपछि चौतर्फी आलोचना भएको छ ।
नेपाली कांग्रेसले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै कारबाहीको माग गरेको छ ।
कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको हुनाले कारबाही गर्न माग गरेको हो । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ । हेटौँडामा हुने उक्त उपनिर्वाचनको सम्पूर्ण तयारी निर्वाचन आयोगले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति गगन थापाले गरे मतदान
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
पार्टी बहुमततिर अघि बढेको काँग्रेसको निष्कर्ष
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा
मौन अवधिअघि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने