मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रलाई सहज बनायो : उद्योग परिसंघ

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १४ : ४६
मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रलाई सहज बनायो : उद्योग परिसंघ

काठमाडौं ।नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रलाई सहज बनाएको बताएको छ । परिसंघले विज्ञप्ति निकालेर महामारीबाट उत्पन्न संकट सम्बोधन गर्ने गरी नेपाल राष्ट्र बैंकले केही प्रावधान हेरफेरले राहत मिलेको जनाएको हो ।

केन्द्रीय बैंकले महामारीले उद्योग तथा व्यवसाय क्षेत्रमा सिर्जित समस्यालाई न्यूनिकरण गर्न निषेधाज्ञाको अवधिभर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै निषेधाज्ञा हटेको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामीसम्बन्धी सूचना प्रकाशन गर्न नपाइने व्यवस्था छ ।यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई राहत मिल्ने परिसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस