नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोही बसमा सवार अन्य ४९ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खस्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको नाम खुलेपनि अन्य दुईजना मृतकको सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा परि घाइते भएकाहरुलाई प्रहरीले उद्दार गरि उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु