कैलाली । कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई पक्राउ गरेको छ ।प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डेलाई पक्राउ गरेको हो ।
सोमबार दिउँसो उनीहरुको साथबाट करिब ९।९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरुको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ जेठ २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ