महँगियो खाद्यवस्तुको भाउ

पत्रपत्रिकाबाट

मंगलबार, ०४ जेठ २०७८, ०८ : २१
महँगियो खाद्यवस्तुको भाउ

काठमाडौं । कोरोना  महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक  उपभोग्य  खाद्यान्न  महँगो  भएको  छ। चिनी,  खानेतेल,  अण्डा,  गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो । 

बजार अनुगमन प्रभावकारी  नहुँदा  भाउ  महँगो  भएको  उपभोक्ता अधिकारकर्मी बताउँछन् । नेपाल  खुद्रा  व्यापार  सङ्घले  पछिल्लो १०÷१२  दिनयता  चिनी,  खानेतेल, गेडागुडीको भाउ महँगो भएको जनाएको छ । 

सङ्घका अध्यक्ष  राजकुमार  श्रेष्ठले  पछिल्ला  दिनमा थोकमै  चिनी  प्रतिकेजी  १० रुपियाँसम्म महँगो भएको जानकारी  दिए । उनका अनुसार प्रतिकेजी ८० रुपियाँ  किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । सो अवधिमा खानेतेल प्रतिलिटर  १० देखि १५  रुपियाँ  बढेको छ । गेडागुडी  पनि  प्रतिकेजी  १०  रुपियाँ  महँगो भएको छ भने कुखुराका अण्डाको प्रतिक्रेट ३० रुपियाँ बढेको सङ्घले जनाएको छ।

“भाउ  बढ्नुको  कारण  खोज्दा  पाइँदैन। पैसा महँगो तिर्नुपरेको छ तर पैसा तिरेअनुसारको बिल  पाइँदैन।  साना  खुद्रा  व्यापारी  जहिले  पनि मर्कामा परेका छौँ,” अध्यक्ष श्रेष्ठले थपे । उपभोक्ता अधिकारकर्र्मी माधव तिम्लिसिनाले  बजारमा  चिनी  सकिँदै  गएको हल्ला    आउने बित्तिकै चिनी उद्योगीहरूले चिनीको भाउ बढाएको  बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस