काठमाडौँ । पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ ।
ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।
मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकारे ।
गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो ।
त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
साहका अनुसार चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरूको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन ।
चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि परीक्षण सामग्रीको अभावमा थप परीक्षण हुन नसकेको साहले बताए । नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ जेठ २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु