सरकारको त्रुटिले गयो धेरै कोरोना संक्रमितको ज्यान

पत्रपत्रिकाबाट

मंगलबार, ०४ जेठ २०७८, ०७ : ३९
सरकारको त्रुटिले गयो धेरै कोरोना संक्रमितको ज्यान

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ कजार बढीको मृत्यु भइसकेको छ ।

चैत २० गतेयता संक्रमणबाट २ हजार १८३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गतवर्षको पहिलो लहरमा ३ हजार ३२ को मृत्यु भएको थियो । 

राष्ट्रिक्ष् इपिपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनले गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए । सरकारले होम आइसोलेशनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए ।

टेकु अस्पतालका अनुसन्धान शाखा संयोजक डा शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देििखन्छ । यो खबर नागरिक दैनिकले पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस