काठमाडौं । निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भींडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने दुई हजार ६४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जनही रु एक सयका दरले जरिवाना गरिएको छ ।
जन्मकैदका अभियुक्त पक्राउ
जन्मकैद सजाय पाएका एक अभियुक्तलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसबनीका कारी सदा मुसहरलाई प्रहरीले गाउँघरबाटै आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या गरेका आरोपमा अदालतबाट जन्मकैद सजाय पाएका मुसहर फरार थिए । मुसहरसमेत भएर २०५१ फागुन २० गते मण्डलको हत्या गरेको भन्दै मृतकका परिवारका सदस्य देवनारायण मण्डलले उजूरी दिए थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ जेठ २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ