सोमबार बेलुकीसम्म २५ सय सिलिन्डर अक्सिजन काठमाडौं आइपुग्दै

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १३ : ३४
सोमबार बेलुकीसम्म २५ सय सिलिन्डर अक्सिजन काठमाडौं आइपुग्दै

काठमाडौं । सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो । साथै, भोलि र पर्सिमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउँदैछ । जसको संयोजक ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ ।

यसअघि पनि सरकार सँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि संचालन गरेको छ । सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पीसीआर परीक्षण हुँदै आएको छ । महामारीकोयो अवस्थामा सरकारलाई सहयोग पुग्नेगरी परीक्षणदेखि उपचारसम्ममा सहयोग गर्दै आएको ल्याबले जनाएको छ ।

अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८÷९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको र त्यसका लागि आफूहरुले संयोजन गरिरहेको बि ल्याबले जनाएको छ । ल्याबका अनुसार अनुसार विभिन्न अस्पतालमा जोड्नका लागि ती प्लान्टहरु प्रयोग हुनेगरी तयारी अघि बढेको छ ।

साथै, सरकारको सहयोगमा लिक्विड अक्सिजन समेत ल्याउन आफूहरुले संयोजन गरेको ल्याबका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए । सरकारको पूर्ण सहयोगमा मात्र यो संभव भएको उनले बताए ।

अहिले मुलुकमा अक्सिजन अभावमा कोभिड–१९ संक्रमितहरूको उपचारमा समस्या भएको छ भने नियमित उपचारमा अक्सिजन चाहिनेलाई समेत समस्या भएको छ । जसका कारण धेरैले  ज्यान गुमाइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस