काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्षको आज वार्ता हुँदैछ । विवादकै बीच अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुन लागेको हो ।
एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ ।
भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल हुनेछ । ‘पार्टीभित्र विवाद भएको कुरा लुकेको छैन । अध्यक्षहरू बसेर समाधन खोज्नुहुन्छ होला । मिल्ने अवस्था रहेन भने छुट्टिन के भो र ?’, जसपाका एक नेताले भने ।
ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यादव पक्षले भने संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकोले नेता चयन अवैध भएको दावी गर्दै आएको छ ।
शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठक बसेको छ । शनिबारको बैठक जसपाको आधिकारिक नभएको भन्दै ठाकुरले विज्ञप्ति नै जारी गरेका थिए । यादव पक्षले पनि बैठकपछि विज्ञप्ति जारी गरेर दलको नेता चयन नभएको जनाएको थियो । विज्ञप्ति प्रकरणपछि दुवै अध्यक्षबीच आज एक बजे वार्ता हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ जेठ २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल