काठमाडौं । कोभिड–१९ महामारी भयावह बन्दै भएपछि राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका त्रय अध्यक्ष सहितको आज बसेको बैठकले जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण भएको भन्दै राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि सरकारसँग माग गरेको छ ।
कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई सो पार्टीले यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ जेठ २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने