कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ०७ : ५९
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र  दक्षिणपूर्व भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार दिनभर देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने जनाएको छ । यस्तै देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस