बादल फेरि गृहमन्त्री हुन मिल्छ ? के भन्छ निर्वाचन आयोग ?

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १६ : २६
बादल फेरि गृहमन्त्री हुन मिल्छ ? के भन्छ निर्वाचन आयोग ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  रामबहादुर थापा बादललाई गृहमन्त्रीको सपथ खुवाएकी छन् । 

सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । उम्मेदवारसँगै बादल पुनः गृहमन्त्री भएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको छ । 

निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय सभामा उम्मेदवार बनेका र आचारसंहिता पनि लागू भइसकेको व्यक्तिलाई फेरि गृहमन्त्रीको सपथ गराउन मिल्ने त होइनजस्तो लाग्छ, तर मिलाइयो होला ।

निवर्तमान गृहमन्त्री थापाले पदमै रहेका बेला हेलिकोप्टरबाट हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । त्यसबेला आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको थिएन । निर्वाचन आयोगले उम्मेदवारहरूका लागि आचारसंहिता बिहीबारदेखि नै लागू गरेको छ । निर्वाचन आचारसंहिता लागू गरिसकेका कारण बादल फेरि गृहमन्त्री बन्न नमिल्ने तर्क राजनीति वृत्तमा सर्वत्र छाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस