अभिनेता मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १४ : ३४
अभिनेता मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन

काठमाडौं ।अभिनेता मदनकृष्ण श्रेष्ठअहिले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी केही सातादेखि उनी अस्पतालमा छन् ।

शुक्रबार तिथिअनुसार उनले जन्मदिन मनाए । छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर उनले अस्पतालमै जन्मदिन मनाए । अक्षय तृतीया तिथिअनुसार मदनकृष्णले जन्मदिन मनाएका हुन् ।

मदनकृष्णलाई जन्मदिनको शुभकामना दिन उनको सबै परिवार सामाजिक दूरी पालना गर्दै मेडिसिटी पुगेका थिए । ड्याडीको स्वास्थ्यमा सुधार आएको भन्दै छोरी सरिनाले खुशि बाँडेकी छिन् ।‘हामीलाई देखेपछि बुवाले हाम्रो मन राख्न अझै फूर्ती बढाउनुभयो’ उनले भनिन् ।विभिन्न सेलेव्रिटीले पनि भिडियो कल गर्दैै मदनकृष्णलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस