काठमाडौं ।बुधबार झिनो अंकले नेप्से बढ्दै बजार बन्द भएको छ ।आज नेप्स परिसूचक शून्य दशमलव ५६ अंकले बढ्दै २६७३.८८ विन्दुमा रोकिएको छ ।
आज नेप्से झिनो अंकले बढेपनि दुई वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेका छन् भने अन्य १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले नै बढ्न पुगेको छ ।
आज १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ताको किनबेचमा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी, आज नेपाल पुर्नबीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । पुर्नबीमको शेयर कारोबार आज ३५ करोड रुपैयाँ बराबरको भएको छ ।
यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी शेयर कारोबार २६ करोड रुपैयाँ बराबर भएको छ । यसैगरी, अपि हाइड्रो र सिभम सिमेन्टको १४/१४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कमाउने कम्पनीमा नारायणी डेभलपमेन्ट विकास बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यसैगरी बोर्टलर्स नेपाल, विसालबजारलगायत १० कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा माथिले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा