काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउनुपर्ने बताएका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै पुर्व डा. भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन् । संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने र यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान रहेको उल्लेख गरेका छन् ।
डा. भट्टराईले ट्वीटमा यस्तो लेखेका छन्–‘देशको संकट हल गर्न यसो गरौं,१.धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख, पूर्व प्रम रहेको निर्देशक समिति ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू ४ एक बर्षभित्र चुनाव ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वतः गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा