काठमाडौं । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या सात लाख ७५ हजार पुगेको छ भने सङ्क्रमित मृतकको सङ्ख्या ११ हजार ९७२ पुगेको छ ।
बङ्गलादेशमा विगत २४ घण्टामा १६ हजार ८४८ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको थियो । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भई निको हुनेको सङ्ख्या सात लाख १२ हजार २७७ पुगेको छ । सोमबार मात्रै दुई हजार ११५ व्यक्ति सङ्क्रमणमुक्त भएका थिए ।
महानिर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५४ रहेको छ भने निको हुने दर ९१.९ रहेको छ । बङ्गलादेशमा यो वर्षको अप्रिल ७ मा सबैभन्दा बढी सात हजार ६२६ व्यक्ति सङ्क्रमित रहेका थिए भने अप्रिल १९ मा सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ बैशाख २०७८, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बङ्गलादेशका विदेश सचिव मोमेन काठमाडौँ आइपुगे
बङ्गलादेशमा निर्वाचनः कडा सुरक्षाबीच मतदान जारी, विपक्षीको बहिस्कार
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने
बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
बङ्गलादेशबाट एकैपटक करिब २ सय जना पर्यटक नेपाल भित्रिए, पञ्चेबाजासहित स्वागत
अफगानिस्तानले सजिलै जित्यो बङ्गलादेशविरुद्वको शृङ्खला