बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १९ : ४९
बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी

काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ । नेपाल बैकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋणलगानी भएको छ । 

जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ । गत सातासम्म (बैशाख १७) ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४)  १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी पनि गतसातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासमम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । 

अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो । सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो । पहिलो चरणको कोरोना माहामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । तर अहिले उद्योग धन्दाहरु आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो ।