काठमाडौं । माधव नेपाल समुहका सांसदहरु राजिनामा दिन सिंहदरबारमा छलफलमा जुटेका छन् । उनीहरुले अबको केहीबेरमा राजिनामा दिने बताईएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपनि केही जवाफ नआएपनि उनीहरु राजिनामा दिने तयारी थालेका हुन् । बैठकका लागि नेता माधव नेपाल सिंहदरवार पुगिसकेका छन् ।
नेपाल पक्षीय एक सांसदले ‘केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताएका छन् । नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।’
नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको छ । नेपाल पक्षिय सांसदहरुले राजिनामा दिने र त्यसो भए संसदको संख्या घट्ने र त्यो अवस्थामा अन्य दलको बहुमत पुग्ने पनि उनीहरुको आँकलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल