संसदभित्र १९ सांसद र १ सय ४१ जना कर्मचारी संक्रमित

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १६ : ०४
संसदभित्र १९ सांसद र १ सय ४१ जना कर्मचारी संक्रमित

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि गरिएको पीसीआर परीक्षणमा १९ सांसद र १४१ संघीय संसद सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण रहेको पाइएको छ ।

यही २२ र २३ गते भएको कोरोना परीक्षणमा राष्ट्रियसभाका १ जना गरि १९ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । केही सांसद यसअघि नै कोरोना संक्रमणका कारण आराम गरिरहेका छन्।

२०५ सांसद र १०३० संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संससदीय मामिला पत्रकारहरुको पीसीआर परीक्षण भएको थियो । ती मध्य १ हजार २ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको र संक्रमण अनुपात ११.९७ प्रतिशत रहेको संसद सचिवालयले जनाएको छ ।

विश्वासको मत लिने प्रयोजनाका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २७ बैशाखमा बोलाइएको छ। संक्रमित सांसदलाई मतदानमा भाग लिन दिने या नदिने भन्ने बारे अझैं टुंगो लागेको छैन्।

प्रतिक्रिया दिनुहोस