चितवन । चितवनमा प्रहरीले सिआइडी बनेर चोरी गर्ने एक समूहलाई पक्राउ गरेको छ । भरतपुर १० स्थित सुष्मा गुरुङको घरमा नक्कली सिआइडी बनेर भित्र पसी गहनालगायत नगद चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोरखा घर भएका हाल भरतपुर ११ मा बस्ने २२ वर्षका विमल गुरुङ, सोही स्थानका २५ वर्षीय सागर कुमाल, बाग्लुङको जमैनी घर भई हाल भरतपुर ११ मै बस्ने २४ वर्षीय जीवन पौडेल, सोही स्थानका २० वर्षीय समिर कुमाल, २१ वर्षीय सन्दिप गुरुङ र भरतपुर १० का २२ वर्षीय निर्दोष थापा क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सुचना अधिकारी सरोज गिरीका अनुसार उनीहरुले एक थान चाँदीको बाला र ४६ हजार रुपैयाँ चोरी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी