कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा मृतकको संख्या २ सय ५० नाघ्यो

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, ०९ : ४५
कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा मृतकको संख्या २ सय ५० नाघ्यो

सिन्धुपाल्चोक । कोभिड १९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या दुई सय ५० नागेको छ । बिहिबार गरिएको २२६ जनाको परिक्षणमा ७० जनाको रिपोर्ट कोभिड १९ पोजेटिभ आएसंगै संक्रमितको संख्या २ सय ५६ पुगेको हो ।

शुक्रबार राति आएको रिपोर्टमा चौतारा साँगाचोकगढि नगरपालिकाको  ४२, इन्द्रावती गाँउपालिकाको १४, लिसंखुपाखर गाँउपालिकाको ६, भोटेकोसी गाँउपालिकाको ३, बलेफि गाँउपालिकाको ३ र अन्य ठेगाना नखुलेको ३ जना गरि ७० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालका बिरष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमित भएका मध्ये हालसम्म ३ जनाले कोरोना परास्त गरेर घर फर्केका छन् । चौतारा अस्पतालको आइसोलेशनमा रहेका २ जना र मेलम्चीका १ जना गरि ३ जनाले कोरोना जितेर घर फर्किएका छन् । यस्तै कोरोनाको दोस्रो लहर शुरु भएयता सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस