दाङ । दाङमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्याक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर गएराती ठोक्किदा मोटरसाइकलमा सवार रहेका गढवा गाउँपालिका वडा नम्बर ७ घोराही निवासी अन्दाजी ६० वर्षका टिकाराम चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ढाडले जानकारी दिएको छ ।
त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको पनि अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते