स्याङजा । नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले बताए ।
“स्याङ्जामा पनि कोरोना सङ्क्रमितको दर बढेकाले अस्पतालमा शय्या अभाव हुन सक्छ”, उनले भने , “बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय गरेका हौं ।”
स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षकारुपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ बैशाख २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै