स्याङजा । नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले बताए ।
“स्याङ्जामा पनि कोरोना सङ्क्रमितको दर बढेकाले अस्पतालमा शय्या अभाव हुन सक्छ”, उनले भने , “बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय गरेका हौं ।”
स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षकारुपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ बैशाख २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप