मलामी बोकेर हिडेको जीप दुर्घटना, १५ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १२ : १८
मलामी बोकेर हिडेको जीप दुर्घटना, १५ जना घाइते

पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । 

उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डिएसपी अधिकारीले अधिकांश घाइतेहरू सामान्य अवस्थामा रहेको र तीनजना मध्यम खालको रहेको बताए । ‘दुर्घटनामा परेका धेरै जसो सामान्य घाइते हुनुभएको छ, दुई तीनजना मध्यम खालको हुनुहुन्छ’ उनले भने । जीप दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।
 

प्रतिक्रिया दिनुहोस