किन डराउँदैछन् बादल खिमलालसँग चुनाव लड्न ?

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १८ : ३६
किन डराउँदैछन् बादल खिमलालसँग चुनाव लड्न ?

काठमाडौँ । बागमती प्रदेशमा राष्ट्रिष्य सभा सदस्य पदका लागि जेठ ६ गते चुनाव हुँदैछ । जसका लागि वैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । नेकपा एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार बाम बुद्धिजीवी एमालेकै डा खिमलाल देवकोटालाई बनाएका छन् । 

एमालेकै माधव नेपाल पक्षले बादललाई भोट नहाल्ने भएपछि बादल खिमलालसँग चुनाव लड्न डर मान्न थालेका छन् । विपक्षी गठबन्धन एक ढिक्का भएर खिमलाललाई जिताउन लागेपछि बादल खिमलालसँग चुनाव लड्न डराएका हुन् । नेकपा एमाले यतिबेला आफ्ना उम्मेदवार बादलले जित्न सक्छन् या सक्दैनन् भन्ने अंकगणितमा लागिरहेको छ । 

बागमती प्रदेशमा एमालेको मत एकै ठाउँमा पर्दा र साझा उम्मेदवार बन्दा सजिलै जित्ने निश्चित भए पनि पार्टी विवादका कारण असन्तुष्ट पक्ष नेपाल समूहले बादललाई भोट नदिने निश्चित भएपछि एमाले ओली समूह अंकगणितमा लागेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख १० गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा थापालाई नै उम्मेदवार बनाउने बताएका थिए । विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटालाई साझा उम्मेदवार उठाउने निर्णय गरेपछि एमाले हच्किएको हो । 

काँग्रेस, माओवादीले संघीयताविद् डा देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमाले निकट वाम बुद्धिजीवी भनेर चिनिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षको समर्थन छ । एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

समग्रमा यो प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुस्किल पर्ने देखिन्छ, जसका कारण बादल डा खिमलालसँग चुनाव लड्न डराएका हुन् । 


 

प्रतिक्रिया दिनुहोस