काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही २७ गते विश्वासको मत लिने भएपनि राजनितिक माहोल तात्तिएको छ । ओलीलाई समर्थन गर्ने, नगर्ने भन्नेमा पार्टीहरु छलफल तथा रणनितिमा व्यस्त बन्न थालेका छन् ।
राजनितिक माहोल तात्तिदै जाँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार नेपाल छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको जसपा नेपाल स्रोतले जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा रहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता दिने पक्षमा छन् । तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा रहेका छन् ।
माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड