संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्न अध्यादेश

पत्रपत्रिकाबाट

बुधबार, २२ बैशाख २०७८, ०७ : ४६
संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्न अध्यादेश

काठमाडौं । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गर्नुभएको छ ।

यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐनलाई संशोधन गर्न राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको थियो । सो अध्यादेशको अवधि यही वैशाख २३ गते सकिने भएपछि सरकारले संवैधानिक निकायमा नियुक्त पाएकालाई बचाउ गर्नका लागि सो अध्यादेशलाई पुनः जारी गरेको बताइएको छ ।

सो अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को सिफारिसबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा ३९ जना पदाधिकारी नियुक्त गरिएको थियो ।

अध्यादेश जारी भएपछि संघीय संसद्को बैठक बसेको ६० दिनभित्र बैठकले निस्क्रिय नगरेमा वा राष्ट्रपतिले खारेज नगरेमा स्वतः निस्क्रिय हुने संवैधानिक प्रावधान रहेको छ । सो अध्यादेशलगायत अन्य केही अध्यादेश यही वैशाख २३ गतेदेखि निस्क्रिय हुने अवस्थामा थियो ।

सो अध्यादेश यही वैशाख २३ गतेभित्र पुनः जारी नगरिएको भए नियुक्ति पाएका ३९ जना सम्पूर्ण पदाधिकारीको पद गुम्ने थियो भन्दै संविधानविद् डा। चन्द्रकान्त ज्ञवालीले पुनः अध्यादेश जारी गर्नु भनेको संसद्लाई छल्न खोजिएको उल्लेख गरे । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस