संक्रमण घटाउन निषेधाज्ञा थप

रासस

मंगलबार, २१ बैशाख २०७८, २० : ३७
संक्रमण घटाउन निषेधाज्ञा थप

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन  कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ ।

प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण बढ्दै गएकाले  रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस